Media Network

रानी-किमाथांका सडकमा पर्ने घर भत्काउन थालियो


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

विराटनगर । रानी–विराटनगर–इटहरी–किमाथांका व्यापारिक मार्गअन्तर्गत इटहरी वडा नम्बर ६ भित्र पर्ने घर भत्काउन सुरू भएको छ ।

त्रिदेशीय ६ लेन सडकमार्गको राइट अफ वेभित्र पर्ने घर भत्काउन अन्तिम अल्टिमेटम दिए पनि घरधनीले घर भत्काएका छैनन् ।

इटहरी बजारको मुख्य चोकभन्दा दक्षिणतर्फ सडकको क्षेत्रभित्र पर्ने घर नभत्काएपछि सडक विस्तारको काम प्रभावित भएको छ ।

सडकको क्षेत्रमा पर्ने घरधनीसँग दुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने निर्णय भएको थियो । सहमतिअनुसार घर नभत्काउँदा सडक विस्तार हुन सकेको छैन ।

इटहरी उपमहानगरपालिका–९ मा सडकको क्षेत्राधिकार भित्र पर्ने १४ वटा घर डोजर प्रयोग गरी भत्काइसकिएको छ ।

सोही लाइनको इटहरीकै पुरानो क्लबले पनि आफ्नो भवन भत्काएको छ । त्यस्तै स्थानीय राजकुमार भुजेलले पनि आफू सडक विस्तारको बाधक नभएको भन्दै आफ्नो घर आफैले भत्काएका छन् । तर, केही घरधनीहरूले भने मुआब्जा नपाए सम्म घर भत्काउन नदिने भन्दै आएका छन् ।

इटहरीको मुख्य चोकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै छ । ६ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर सडक विस्तार गर्न घर भत्काउनु पर्दैन ।

फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ । तर, अहिले त्यो काम अघि बढेको छैन ।

२०६९ /०७० बाट सुरू भएर सात वर्षभित्रमा ६ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समय थप गरिएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद