Media Network

रेनुकी छोरी तथा प्रधानमन्त्रीकी नातिनी प्रतिभाको विवाहको झलक (तस्बिरमा)


खबरस्टोरी संवाददाता

३० मंसिर २०८०,शनिबार

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नी छोरी प्रतिभा दाहालको विवाह सम्पन्न भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा भएको वैवाहिक समारोहमा हाइ प्रोफाइल व्यक्तिहरुको लावा लस्कर लागेको थियो ।

गोरखाका विज्ञानबाबु रेग्मीसँग प्रतिभाको लगनगाँठो कसिएको हो । प्रतिभाले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी हुन् भने विज्ञानले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर अध्ययन गरेका छन् । उनीहरुको गत मंसिर १२ मा इन्गेजमेन्ट भएको थियो ।विवाहमा राष्ट्रपति रामचन्द्र पौडेल लगायत उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि सहभागी भएका थिए ।

 सत्तारुढ दल नेकपा माओवादीका सबैजसो शीर्ष नेताहरुको विवाहमा उपस्थिति थियो । जनार्दन शर्मा, वर्षामान पुन, रेखा शर्मा, ओनसरी घर्तीलगायत नेताहरु विवाहमा देखिए । सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आतिथ्य मान्न पुगे । विवाहमा सेलिब्रिटीहरु पनि देखिए । दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल धुर्मुस, किरण केसी, निर्मल शर्मा, चेतन सापकोटा, रियासा दाहाललगायत कलाकारको उपस्थिति थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि निम्तो मान्न पुगेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद