Media Network

राप्ती नदीमा २५ जना विद्यार्थी चढेको डुंगा पल्टियो


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

काठमाडौँ। राप्ती नदी तरिरहेको २५ जना विद्यर्थी बाेकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइते भएका छन् ।  ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइन। 

लमही नगरपालिका-९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो । 

विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । 

लमही नगरपालिका- ९ तरूलियाका सिक्टा माविमा  कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटना बारे थप विवरण आउन बाँकि छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद