Media Network

राष्ट्रपति भण्डारी आज दाङ जाँदै


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७९,बुधबार

दाङ ।राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) दाङ जाँदै छन् । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी बेलझुण्डी जान लागेका हुन् ।

उक्त भवन निर्माण भएको करिब पाँच वर्ष भए पनि औपचारिक उद्घाटन भएको थिएन । भवन उद्घाटन गर्न हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी दाङ जाने र बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयले जनाएको छ ।

२०७० साल असार १७ गते टुन्नामुन्ना एण्ड आचार्य कन्स्ट्रक्सन जेभिसँग सम्झौता भई २४ करोड ७२ लाख ३ हजार ४६६ रुपैयाँ १० पैसाको लागतमा २०७४ असार मसान्तमा सम्पन्न गरेको थियो। भवन निर्माण कम्पनीले २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थानलाई हस्तान्तरण गरेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद