Media Network

राष्ट्रपति पौडेलसँगै जेल बसेकालाई शपथ ग्रहणमा निम्तो


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७९,सोमबार

काठमाडौँ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिहरुलाई शपथ ग्रहण समारोहमा बोलाएका छन्। 

उनले पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिहरुलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार दिउँसो १ बजे हुन गइरहेको शपथ ग्रहण समारोहमा अतिथिका रुपमा बोलाएका हुन्।   

इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई शपथ ग्रहणमा आमन्त्रण गरिएको राष्ट्रपति पौडेलका सहयोगीले बताएका छन्। 

‘इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मासँगै जेल बसेका मान्छे हुन्,’ उनका एक सहयोगीले भने, ‘उहाँहरुलाई शपथ ग्रहण समारोहमा बोलाएका छौँ।’

उनले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याउने डिलप्रसाद सापकोटालाई पनि बोलाइएको जानकारी दिए। 

‘डिलप्रसाद सापकोटा (सापकोटा वाजे) बागलुङ जेलमा बस्दा जेलमा दूध पुर्याउने मान्छे हो,’ ती सहयोगीले भने, ‘सापकोटा बाजेलाई बाग्लुङबाटै बोलाएको छ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद