Media Network

राष्ट्रपति विरुद्ध सर्वोच्चमा पाँचवटा रिट दर्ता


खबरस्टोरी संवाददाता

६ आश्विन २०७९,बिहीबार

काठमाडौँ।नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ ।राष्ट्रपतिले नागरिक विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै त्यसविरुद्ध रिट परेको हो ।

राष्ट्रपति कार्यालयले दुवै संसद्बाट पास भएको विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै त्यसविरुद्ध  पाँचवटा रिट परेको हो । 

सर्वोच्च अदालत स्रोतका अनुसार अधिवक्ता सुनिलरञ्जन सिंहले दर्ता गराएका रिटको पेसी शुक्रबारका लागि तोकिएको छ भने अन्य रिटको पेसी पनि एकैपटक सुनुवाइ हुने गरी शुक्रबारलाई तोक्न लागिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद