Media Network

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट दायर हुँदै


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको गम्भीर उल्लंघन भएको जिकिर गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर हुदैछ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधनगर्न बनेको नेपालनागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयकलाई प्रमाणीकरण गर्नु पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी विमुख भएको जिकिर गर्दै रिट निवेदन दायर गर्ने तयारी गरिएको हो।

अधिवक्ता सागर बराल, सौैगातराज बराल, अविनेश अधिकारी, सम्पूर्ण बस्नेतलगायतका कानुन व्यवसायी रिट निवेदन दायर गर्ने भएका हुन् ।राष्ट्रपतिलाई स्वविवेक प्रयोग गर्न सक्ने ठाउँ संविधानले नदिएको र संविधानले तोकेको प्रक्रिया तथा पद्धतिभन्दा बाहिर गएर कुनै कार्य गर्न नमिल्ने रिट निवेदनमा उल्लेख छ।

राष्ट्रपतिले नेपालको संविधानधारा ११३ (४) बमोजिम संवैधानिक दायित्व पूरा नगरेको रिट निवेदनमा जनाइएको छ।

संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले सन्देशसहितफिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी वा प्रस्तुत रूपमा पारित गरी पुनः पेस गरे १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।

राष्ट्र«पति भण्डारीले सन्देशसहितफिर्ता पठाएको नेपालनागरिकता ऐन २०६३ लाई संशोधनगर्न बनेको नेपालनागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक जस्ताको तस्तै संसदबाट पारित भएपछि प्रमाणिकरण गर्न अस्वीकार गरेकी छन्।

उनले राष्ट्रपति कार्यालयमा गएको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण गर्न अस्वीकार गरेकी हुन्। १६ साउन २०७९ मा प्रमाणीकरणका लागि प्रस्तुतविधेयकमाथिविद्यादेवी भण्डारीले संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै १५ बुँदे सुझाव सहित २९ साउनमा फिर्ता पठाएकी थिइन्।

संविधानको धारा १३३ (२ं) र (३) बमोजिम परमादेशको आदेश जारि गर्न माग गर्दै रिट निवेदन दायर गरिने भएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद