Media Network

रौतहटमा एकाविहानै दुर्घटना, ३ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

रौतहट । रौतहटमा एकाबिहानै दुर्घटना भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठोक्किँएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा अटोरिक्सामा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेका छन् । गम्भीर घाइते उनीहरुलाई अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद