Media Network

रविले पत्रकार सम्मेलन मार्फत व्यक्त गरेका कान्तिपुर र कैलाश सिरोहियासँग सम्बन्धित त्यो घटना


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिजो अपराह्न एकाएक पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै देशका आम मिडिया र संचालकहरुलाई इङित गर्दै आफ्ना सम्पूर्ण भडास पोखे ।सोहि क्रममा उनले कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहनियासँग सम्बन्धित एउटा घटना विवरण प्रस्तुत गरे जुन यस्तो थियो । 

२०७२ साल मंसिर २६ गते शनिवार बिहान माइतीघर मण्डलामा बा १२ च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना घाइते भएका थिए। कार सडकमा उत्तानो परेर सर्वसाधारणले प्रहरीलाई खबर गरेपछि घाइते युवायुवतीलाई नर्भिक अस्पतालमा लगियो। त्यो गाडी कसको थियो थाहा छ ? धेरैलाई थाहा छ तर प्रहरीको रेकर्डमा छैन। त्यो कार कान्तिपुर मिडिया ग्रुपको नाममा थियो। चालक थिए, कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहिया। त्यो कार उनले चलाएका थिए तर घटना सामसुम भयो,घटना लुकाइयो‼


घटना विवरण यस्तो थियो 

२०७२ साल मंसिर २६ गते शनिवार बिहान माइतीघर मण्डलामा बा १२ च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार दुर्घटना भएको थियो ।

त्यस बेला चालकले अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको कारण अनियन्त्रित भई भएको दुर्घटनामा चार जना घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।बिहान करिब पौने ४ बजे चार जना व्यक्ति चढेको उक्त सेतो कार थापाथलीको नर्भिक अस्पतालअगाडि केही बेर रोकिएको थियो । उक्त स्थानमा आउँदा पनि सो कार अनियन्त्रित भएर आएको बताएको थियो ।

त्यहाँबाट अगाडि बढ्ने क्रममा उक्त कार अनियन्त्रित भई सडकपेटीमा चढेको थियो । कार सडकपेटीमा चढेपछि रिक्सामा चिया पसल गर्ने तथा चिया पिइरहेकाहरुको भागदौड भएको थियो । त्यसपछि सो कार नरोकी थापाथलीचोकबाट माइतीघरमण्डलातर्फ गतिमा हुइँकिएको थियो ।

तीव्र  कार अनियन्त्रित भएर अगाडि बढ्दा माइतीघरमण्डलामा सडक किनारमा रहेको सोलार प्यानल राखेको पोललाई ठक्कर दिएर सडकपेटीकै सिमेन्टले निर्माण गरिएको पिलरमा ठोकिँदा कार सडकमा तीन बल्ड्याङ भएको थियो । उक्त कारमा चालकसहित दुई पुरुष र दुई महिला थिए ।


दुर्घटनामा परेको कार कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहनिया र कारमा रहेका अर्का पुरुष व्यक्ति बाफलका सौरभ माली सगै दुई जना युवतीको समेत रहेको कार सम्भव आफैँले हाँकेका थिए ।उक्त कार कैलाशले छोरालाई जन्मदिनको उपहारस्वरुप दिएका हुन् । थापाथलीको चिया पसलमा ठक्कर दिन खोज्दा भागेको उक्त कारको बारेमा प्रहरी कन्ट्रोल रुममा चिया पसले र बटुवाहरुले खबर गर्ने तयारी गर्दैगर्दा दुुई मिनेटमै माइतीघरमण्डलामा दुर्घटनामा परेको थियो ।

दुर्घटना भएको उक्त कार सडकमा उत्तानो परेको देखेपछि मर्निङवाकमा निस्केका सर्वसाधारण र प्रहरीले उक्त कारमा रहेका युवायुवतीलार्ई उद्धार गरेर नर्भिक अस्पताल पु(याएका थिए ।दुर्घटनामा परेका चालकको परिचय तथा उनको हैसियत बुझ्दै अस्पतालको प्रहरीले माथिल्लो निकायमा रिपोर्ट गरेपछि करिब १० मिनेटमा क्रेन र (याकर लिएर प्रहरीको जम्बो टोली घटनास्थलमा पुगेर हतार–हतार उक्त कार हटाएको थियो ।


त्यसताका उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी जय बहादुर चन्द थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद