Media Network

सभ्यता जोगाउन सके लिपुलेक लिम्पियाधुरा पनि जोगिन्छ : मेयर शाह


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७९,बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भएका सभ्यताहरूको जगेर्ना गर्ने कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् 

बुधवारबाट शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पियाधुरा जोगाउन सकिने बताए ।

उनले भने, ‘बागमती सभ्यता जोगाउन खोज्दै छौँ । यो मान्छे भन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ । पहिला

भएका सम्पत्ति जोगाऊँ । त्यसपछि लिपुलेक जोगाउँला, लिम्पियाधुरा पनि जोगाउँला।’

मेयर साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभई पालिका पालिकामा छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए ।

उनले न्याय भनेको केन्द्रमा मात्रै पालिका पालिकामा छ भन्ने कुरालाई वास्तविकतामा उतार्नुपर्ने बताए । उनले न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मेयर साहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभूति जनतालाई दिन सक्नुपर्ने बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद