Media Network

सडक दुर्घटनामा परी सञ्चारकर्मी महाविर विश्वकर्माको निधन


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । पत्रकार महाविर विश्वकर्माको निधन भएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गर्दा उनी चढेको माइक्रोबास दुर्घटनामा परि उनको दुखद निधन भएको हो ।

चितवन प्रहरीका अनुसार आज विहान काठमाडौं आउँदै गरेको माइक्रोबस राप्ती नगरपालिका वडा नम्बर २ हर्दिचोकमा रोकी राखेको भुस बोकेको गाडीमा ठोकिएको थियो ।

ना २ ख ८५२२ नम्बरको ट्रकको पछाडी उनी चढेको हेटौंडाबाट नारयणगढ तर्फ गइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रो ठोक्किएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद