Media Network

सिजना सुवालले ‘स्पेस एण्ड डिजाइन एक्सो–२०२३’ पहिलो उपाधि हात परे


खबरस्टोरी संवाददाता

३ असार २०८०,आईतवार

काठमाडौं।आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सहभागी मध्ये सजिना सुवाल ले पहिलो उपाधि हात परे।  त्यस्तै आईआईएफटीमा अध्यनरत छात्र छात्रा हरुको प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियरहरुको छाता संगठन आइडिया नेपाल का पधाधिकारीहरुको निर्णयमा पबिन कार्की र स्वस्तिका राजभण्डारी  क्रमस दितिय र तृतीय हुन सफल भए भने पब्लिक चोइऐस अवार्ड भने दीक्षित खड्का ले हात पर्न सफल भए।  

माननीय संसद प्रदिप पौडेल र पुर्व मन्त्रि भीमसेनदास प्रधान ले विजयताहरुलाई नगद तथा ट्रफी वितरण गर्नु भएको थियो । नेपोभीट टैल्सको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो । ‘यो आईआईएफटीले पहिलो पटक आयोजना गरेको ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएकी छु, निर्देशक थापाले भनिन् ।

सिटी सेन्टरमा शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको ‘स्पेस एण्ड डिजाइन एक्स्पोमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुले आ–आफ्ना डिजाइनमा क्याफेका मोडेलहरु तयार परेर प्रदर्शनीमा राखेको थिए  । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद