Media Network

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।साझा यातायातले आज सोमबार एक सूचना जारी गर्दै रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले इच्छुक व्यक्तिलाई दरखास्त आह्वान गरेको हो ।

आवेदन दिन व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

त्यस्तै, सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको साझाले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।सूचना प्रकाशन मितिले ३५ दिन कार्यालय समयभित्र साझा यातायातको केन्द्रीय कार्यालय पुलचोक, ललितपुरमा आवेदन दिन सूचना प्रकाशन गरिएको छ । कम्तीमा ३५ वर्ष उमेर पूरा भई ५८ वर्ष ननाघेको इच्छुक नेपाली नागरिकले निवेदन दिन सक्नेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद