Media Network

सामाजिक सेवामार्फत उत्पीडित असाहय वर्ग विकासको मूल प्रवाहमा ल्याउन सकिने: प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

६ आश्विन २०७९,बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवामार्फत उत्पीडित असाहय वर्ग विकासको मूल प्रवाहमा ल्याउन सकिने बताएका छन्।४३ औँ सामाजिक सेवा दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै देउवाले यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताए ।

देउवाले गैरसरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।उनले राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी गैरसरकारी संघस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने बताएका हुन् ।

सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै देउवाले यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताए । प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी संघसंस्थासँग समन्वयात्मक ढंगले काम गर्न आवश्यक रहेको बताए । सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको आर्थिक, सामाजिक विकासमा सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

सामाजिक सेवा दिवसका उपलक्षमा समाज कल्याण परिषद्ले मूल समारोह आयोजना गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद