Media Network

सिमरा सेजमा निर्माणाधीन प्रदर्शनी हलको छत भत्कँदा २ जना घाइते


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

वीरगञ्ज । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते भएका छन् ।मोरङ जिल्ला सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् ।

सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएका हुन् । करिब ९ करोडको लागतमा प्रदर्शनी हल निर्माण भइरहेको छ ।

उनीहरूको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए ।

पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए ।

स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् ।  प्रदर्शनी हल निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद