Media Network

सुन प्रकरण : विमानस्थलमा सुन जाँचपास गर्ने सबै कर्मचारीलाई कारवाहीको तयारी


खबरस्टोरी संवाददाता

४ श्रावण २०८०,बिहीबार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार बरामद भएको करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बनको तयारी गरेको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

भन्सार विभागका अनुसार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।मंगलबार साँझ राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा ट्याक्सीमा राखेर भन्सारबाहिर पु¥याएको सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद