Media Network

सुनकोशीमा जीप खस्यो, ३ जना बेपत्ता


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०८०,शुक्रबार

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल भएको तर बाँकी तीन जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्ण वहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं. ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६÷५७ का यमप्रसाद घुर्तेल र ईलाम घर भएका विद्युत प्रशिक्षक वर्ष ३०÷३२ का भानु पौडेल  रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको खोजी भइरहेको पनि जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद