Media Network

सिन्धुपाल्चोकमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार रातीदेखि भारी वर्षा भएको छ । जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको भन्दै नदी तथा खोला खोल्साको तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ । 

यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षा भएको सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी विभागले दिएको छ ।

बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । 

त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा शुक्रबार राति पहिरो गएको छ । पहिरोले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद