Media Network

सञ्चारमन्त्री शर्मा र भारतीय राजदुतबिच भेटवार्ता


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७९,सोमबार

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखाशर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उहाँहरुबिच भेटवार्ता भएको हो ।

भेटकाक्रममा दुइपक्षीयहित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदानप्रदानका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबिच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुुपर्नेमा जोड दिएकी थिईन । 

भेटमा मन्त्रीशर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराएकी थिईन । भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहको ढिलाइप्रति चासो व्यक्त गर्दै उनले यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको राजदूतमार्फत ध्यानाकर्षण गराएकी थिईन । 

भारतको तथ्य इञ्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको सो आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भएपनि प्रगति हुुन सकेको छैन । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद