Media Network

सप्तरीमा कार दुर्घटना, पाँच एमाले नेता घाइते


खबरस्टोरी संवाददाता

२९ असार २०८०,शुक्रबार

सप्तरी । नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार साँझ सप्तरीमा गुरिरहेको गाडी अन्यन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजविराज लगिएको प्रहरीले जनाएको छ ।

एमाले जिल्ला कमिटीको सप्तरीको बैठकमा सहभागी हुन उनीहरु राजविराजतर्फ गइरहेको बेला कार दुर्घटनामा परेको हो । दुर्घटना भएको कारको नम्बर खुल्न सकेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद