Media Network

सरकारी विभेदविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन


खबरस्टोरी संवाददाता

१६ माघ २०७९,सोमबार

काठमाडौँ।व्यावसायीप्रति सरकारले विभेद गरेको भन्दै काठमाडौँ उपत्यकाका व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार राजधानीको माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

उनीहरुले उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र माथि उठाउँ, बैंक सधै नाफामा, व्यापारी सँधै घाटामा, स्व.प्रेमप्रसाद आचार्यका माग पुरा गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद