Media Network

सुरक्षा संयन्त्रको बैठक विप्लव समूहमाथि निगरानी बढाउने


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौ । चुनाव विथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतामाथि सरकारले निगरानी बढाउने भएको छ । चुनावको केही दिन मात्र बाँकी रहँदा देशका विभिन्न स्थानमा होक्स बम विस्फोट गराइ चुनावको वातावरण विथोल्ने प्रयास सो पार्टीले गरेपछि सरकारले निगरानी बढाउने निर्णय गरेको हो । 

शुक्रबार चुनावी सुरक्षाबारे जानकारी दिँदै गृहसचिव विनोद सिंहले सो पार्टीका नेता तथा कार्यकर्तामाथि सरकारले निगरानी बढाएको बताए । उनले चुनावी वातावरण विथोल्न कुनै पनि हालतमा नदिइने बताए । उनले मतदाताले ढुक्क भएर मतदान केन्द्रसम्म आएर मतदान गर्ने वातावरण बनाइएको बताए । 

पत्रकार सम्मेलनमा सचिव सिंहले बम डिस्पोजलका लागि देशभर ९०३ वटा सेनाको बम डिस्पोजल टोली परिचालन भएको जानकारी दिए । उनले निर्वाचन अधिकृतबाहेक सुरक्षाकर्मी बसेको गाडीमा पनि मतपेटिका बोक्न नपाइने बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद