Media Network

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन


खबरस्टोरी संवाददाता

४ पुष २०८०,बुधबार

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम मंगलबार बसेको सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो ।
सुनुवाइ समितिका सदस्य लिलानाथ श्रेष्ठले न्यायाधिशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन भएको जानकारी दिए ।
अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।
उनीहरुमाथि गत शुक्रबारदेखि सुनुवाइ सुरु भए सोमबार सकिएको थियो । नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद