Media Network

सुदूरपश्चिममा आज सांसदहरूको शपथ


खबरस्टोरी संवाददाता

१५ पुष २०७९,शुक्रबार

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन् ।दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ गराएपछि साढे १ मा रावलले ५२ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

प्रदेशसभा सचिवालयले मातृभाषामा पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था गरेअनुसार ६ जनाले मातृभाषामा शपथ लिन नाम टिपाएका छन् ।

नागरिक उन्मुक्तिका प्रत्यक्ष निर्वाचित ५ जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद एकजनाले मातृभाषामा शपथग्रहण गर्न नाम टिपाएको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद