Media Network

सुदूरपश्चिममा बाढी: चार जनाको मृत्यु, ६ सय बढी घर डुबानमा


खबरस्टोरी संवाददाता

१ आश्विन २०७९,शनिबार

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विहीबार रातीदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोले ठूलो धनजनको क्षति भएको छ । 

लगातारको वर्षापछि अछामको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका ५ काँडामा बाढीले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । अन्य १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।  

यस्तै, अविरल वर्षाका कारण पूर्वी कैलालीमा झण्डै ६ सय घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

भीमदत्त राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएका कारण सवारी साधनहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद