Media Network

सेवाग्राहीलाई अनावश्यक दुख नदिन कर्मचारीलाई मन्त्री मोदीको निर्देशन


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७९,आईतवार

सुनसरी।संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमन लाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आइतबारदेखि सुरु भएको प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सवलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले कामका लागि आएका सेवाग्राहीलाई अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् । “प्रधानमन्त्री प्रचण्डज्युको प्रमुख प्राथमिकता भनेको मुलुकमा सुशासन कायम गर्ने हो, त्यो काम राष्ट्रसेवक कर्मचारीहरुबाट मात्रै सम्भव हुन्छ, र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको नेतृत्व मैले गरेको हुनाले यसको मुख्य जिम्मेवारी मेरै काँधमा छ” मन् त्री मोदीले भने, “सुशासन कायम गर्ने सरकारको प्राथमिकलाई बुझेर कार्य सम्पादनमा लाग्नका लागि म राष्ट्र सेवक कर्मचारीहरुलाई विशेष निर्देशन दिन चाहन्छु ।”

मन्त्री मोदीले कर्मचारीहरुले अब सेवाग्राहीलाई एस अर नो मा जवाफ दिनुपर्ने बताए । कर्मचारीले सेवाग्राहीलाई अनावश्यक रुपमा झुलाउने गरेको गुनासो आफूले सुनेको बताउँदै मन्त्री मोदीले भने, “सेवाग्राहीलाई अब अनावश्यक रुपमा झुलाउने गरेको गुनासो मैले सुनेको छु, अब एस अर नो मा जवाफ दिन र सोहीअनुसार कार्य सम्पादनमा लाग्नका लागि म विशेष आग्रह गर्छु ।”

मन्त्री मोदीले सेवाग्राहीको काम नहुने हो भने कारणसहित चित्तबुझ्दो जवाफ दिने परम्पराको थालनी गर्न समेत निर्देशन दिए । सेवाग्राहीको काम दू्रत गतिमा गर्ने विषयलाई प्राथमिकतामा राख्न समेत कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री मोदीले भने, “जनताको काम कसरी दू्रत गतिमा गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन र दू्रत गतिमा कार्य सम्पादन गर्ने परम्पराको थालनी गर्न म कर्मचारी साथीहरुलाई विशेष निर्देशन दिन चाहन्छु ।”

अर्को प्रसंगमा मन्त्री मोदीले १ नम्बर प्रदेश चलचित्र क्षेत्रको हबको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । “म चाहन्छु, एक नम्बर प्रदेश चलचित्र क्षेत्रको हबको रुपमा स्थापित होस्, यहाँका विभिन्न क्षेत्रमा विभिन्न जात जातिको पहिचान झल्किने चलचित्रको छायांकन होस्, यसका लागि सरकारको तर्फबाट गर्नुपर्नेमा सहयोगका लागि हामी तयार छौँ” मन्त्री मोदीले भने । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद