Media Network

स्वतन्त्र उम्मेदवार सागर तीन दिन निराहार ब्रत बस्ने


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौँ । डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकालले तीन दिनसम्म निराहार ब्रत बस्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकालले बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै जनताका नाममा तीन दिन ब्रत बस्ने घोषणा गरेका हुन् ।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु । भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन । यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भनेका छन्, ‘केही लक्ष्यका साथ भोकै बस्छु भन्ने प्रण गरेको छु।’

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको बताएका छन् । डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रहसमेत गरेका छन् ।

गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा आएका हुन् । डडेल्धुरामा देउवा, सागर र नेपाली कांग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार विक्रम शाहीबीच प्रतिस्पर्धा हुँदैछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद