Media Network

संविधानसभा सदस्य सुनुवारको निधन


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौं । संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वर घर भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य सुनुवारको शनिबार नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनुवार पूर्वराजपरिषद् स्थायी समिति सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिका सदस्य पनि हुन् । लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहेका सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो ।

सुनुवारको पार्थिव शरीर आज आइतबार १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद