Media Network

३६ सय बढी उम्मेदवारको मनोनयन दर्ता


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७९,आईतवार

काठमाडौं । निर्वाचन आयोगले आइतबार साँझसम्म करिव ३६ सय उम्मेदवारको मनोनयन दर्ता भएको जनाएको छ ।प्रतिनिधिसभामा १६ सय र सातवटै प्रदेशमा २ हजार गरी ३६ सय जनाको उम्मेदवारी आयोगको प्रणालीमा इन्ट्री भएको हो।

‘अहिलेसम्म त्यति इन्ट्री भएको छ । दुर्गमका केही ठाँउमा सञ्चार सम्पर्क हुन कठिनाइ भएकाले थप विवरणहरु आउने क्रममा छ ।

आयोगले अहिले ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवार र उनका प्रतिनिधिहरुलाई मनोनयन दर्ता गर्न दिने जनाएको छ । अब भने अरु व्यक्ति मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा जान पाउने छैनन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद