Media Network

संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई आज लुम्बिनीमा स्वागत


खबरस्टोरी संवाददाता

५ कार्तिक २०७९,शनिबार

काठमाडौँ।लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको  सैनिक टोलीलाई आज लुम्बिनीमा स्वागत गरेको छ ।  लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकारी राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेको हो ।

संयुक्त राष्ट्र संघ महासचिवका पूर्व सैनिक सल्लाहकार ह्यूज रसेन रिटायर्ड, संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको छ । त्यसैगरि टोलीमा शान्ति कार्य निर्देशनालयका सहनिर्देशक अशोक चन्द, प्रमुख सेनानी जनककुमार बस्नेत, प्रमुख सेनानी डा। उत्सव मोहसिंह, गरुणदल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपाने र मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका सहायक रथी किरण केसी पनि टोलीमा सरिक भएका थिए ।

लुम्बिनी आएका सैनिक टोलीलाई जनसम्पर्क अधिकृत राईले लुम्बिनीको इतिहास, पुरातत्त्व, बौद्ध दर्शनको महत्त्वका बारेमा प्रकाश पारेका थिए । यस्तै  सैनिक टोलीले मायादेवी मन्दिरको दर्शनसँगै शान्ति स्तूपा र विहार क्षेत्रको अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद