Media Network

संयुक्त राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्स नेपाल आँउदै


खबरस्टोरी संवाददाता

१२ असार २०८०,मंगलवार

काठमाडौं । संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन्।

संयुक्त राष्ट्रसंघमा शान्ति कार्य विभाग हेर्ने जिम्मेवारीमा रहेका ल्याक्रोइक्सले भ्रमणका क्रममा उनले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन्।

त्यसै गरी ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको छ । नेपाल बसाइँका क्रममा उनीसंयुक्त राष्ट्रसंघ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी रहनेछन्। साथै, उनले पर्यटकीय महत्वका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद