Media Network

शीतल निवासमै अड्कियो नागरिकता विधेयक, स्वीकृत भएन


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौ । संसदबाट पारित भएर प्रमाणिकरणको लागि शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति निवासमै अड्किएको छ । 

कुनै पनि विधेयक १५ दिनभित्र प्रमाणिकरण हुनुपर्ने अन्यथा संसदमा फिर्ता हुने कानुनी प्रावधान छ । यदि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक भोलि साँझ वा पर्सिसम्ममा प्रमाणिकरण नभएको खण्डमा सो विधेयक पुन संसदमा फिर्ता जानेछ ।

‘राष्ट्रपतिले यसमाथि पुनर्विचार गरियोस् भन्दै नागरिकता विधेयक हाउसमा फिर्ता गर्नेछिन यदी प्रमाणिकरणनभएको खण्डमा र संसदमा फिर्ता भएपछि संसदले पुनः छलफल गरेर सँधैको लागि फिर्ता गर्ने,संशोधन गर्ने वा शीतल निवासमा पुनः पठाउने निर्णय गर्नुपर्ने हुन्छ । 

यसअघि केपी ओली सरकारको पालामा यस्तै अध्यादेश राष्ट्रपतिले निमेषभरमा स्वीकृत गरेर जारी गरेकी थिईन्  ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद