Media Network

शिवरात्रीमा शंकराचार्य नेपालमा


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौँ।जगतगुरु निश्चलानन्द सरस्वतीले नेपाल आएका छन्। यो बर्षको महाशिवरात्रीमा गोवर्धनपीठ पुरी शंकराचार्यको नेपाल आएका  हुन्।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा शंकराचार्यको दर्शन, पुजन तथा प्रवचनको कार्यक्रम रहने पशुपति विकास कोषले पुष्टि गरेको छ । वैदिक सनातन हिन्दुधर्मका चार मुख्य पीठ मध्ये गोवद्र्धन पीठका पिठाधिस अनन्तश्रीविभुषित जगतगुरु शंकराचार्य नेपाल आएका हुन्।

वैदिन सनातन धर्मालम्बी बसोबास रहेको नेपाल हेर्ने जिम्मेवारी गोवद्र्धनमठको रहिआएको छ । नेपालका राजा र शंकराचार्यको मठको बिचमा अनौठो खालको सम्बन्ध रहदै आएको छ । नेपालका गद्धिशिन राजा शंकराचार्य मन्दिरमा समग्र हिन्दुहरुको प्रतिनिधित्वको रुपमा प्रवेश पाउँछन् भने नेपालीहरुले समेत शंकराचार्यलाई जगतगुरुको रुपमा मान्ने प्रचलन आदिम कालदेखि रहँदै आएको छ । 

गतवर्षको कुम्भ मेलाको अवसरमा नेपालका गद्धिच्युत राजा ज्ञानेन्द्र वीर विक्रम शाहले राजाकै हैसियतमा शंकराचार्य मन्दिरको दर्शन पुजन गरेका थिए भने नेपालमा जगतगुरुको रुपमा शंकराचार्य निस्चलानन्द शरस्वतीको पटक पटकभ्रमण हुने गरेको छ । 

वैदिक सनातन हिन्दुधर्मका चार वेदका मुख्य चार शंकचार्य पीठ रहेका छन् । जसमा रिगवेदको श्रीगोवर्धनमठ, पुरी, यजुर्वेदको श्री श्रृङ्गेरीशारदामठ, सामवेदको श्रीसारदापीठ र अथर्ववेदका ज्योतिर्र्मठ बदरिकाश्रम रहेको छ । 

यो सालको महाशिवरात्रीको अवसरमा शंकराचार्य निश्चलानन्द सरस्वतीकोमा तीन दिने  कार्यक्रम रहेको छ । जसमा पागुन पाँच गते शंकराचार्य उद्वोधन, पागुन छ गते शंकराचार्य मन्दिर अनावरण र पागुन सात गते शंकराचार्य सम्मानको कार्यक्रम रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद