Media Network

टुकुचा किनारका टहरा हटाउन ३५ दिने सूचना जारी


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घररटहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तरतर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान महानगरले सूचना जारी गरेको हो ।

घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत नक्सा विपरीत भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घररटहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवनहरु यो सूचना जारी भएको ३५ दिनभित्र हटाउनन अनुरोध गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद