Media Network

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन एटीसीलाई कारबाही


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७९,आईतवार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन एटीसीलाई कारबाही गरेको छ । एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरेको क्यानले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले गत शुक्रबार ९ बजे नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा र एयर इण्डियाको जहाज त्योभन्दा तल उडान गर्न अनुमति दिएकाले कारबाही गरिएको बताए ।

उनले सो विषयमा छानबिन गर्न एउटा कमिटी गठन गरिएको र सो कमिटीको अध्ययन प्रतिवेदन नआएसम्मका लागि एक्टिभ पोजिशनबाट एटीसीलाई हटाइएको बताए ।

प्राधिकरणले उनीहरूको नाम भने खुलाउन नमिल्ने बताएको छ । दुई जहाज एकै ठाउँमा होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ । तर, सोभन्दा कम दुरीमा दुई जहाज होल्ड भएको प्राधिकरणले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद