Media Network

टेरामक्स खरिदमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष, अनुसन्धानका लागि अख्तियारलाई निर्देशन


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ। समितिको बुधबार बसेको बैठकले टेरामक्स खरिदमा कानुनी प्रक्रिया मिच्नेदेखि राज्यलाई हानी नोक्सानी पुग्ने नियत राखेर कार्य गरेको देखिएको भन्दै अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

समितिको बुधबार बसेको बैठकले खरिद प्रक्रियामा संलग्नमाथि सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो। समिति सभापति ऋषिकेस पोखरेलले टेरामक्सको खरिद र कार्यान्वयन प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिँदै यसमाथि सुक्ष्म ढंगले अनुसन्धान गर्न समेत निर्देशन दिएका हुन्। यो अख्तियारको अनुसन्धानमै रहेको छ।

लेबनानी कम्पनीसँग टेरामक्सको हार्डवेयर र सफ्टवेयर खरिद प्रक्रियामा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अधिकारको दुरुपयोग गरेरनगरेको बारे पनि अनुसन्धान गर्न आयोगलाई निर्देशन दिइएको छ। यस्तै, खरिद प्रक्रियामा संलग्नले राज्यलाई हानी नोक्सानी हुने गरी सम्झौता गरेको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाही गर्नुपर्ने समितिको माग छ।

टेरामक्स खरिद प्रक्रियामा समितिले १५ वटा प्रश्न उठाएको छ। ती प्रश्नको जवाफ नपाइए सम्मलाई यससँग सम्बन्धित सम्पूर्ण प्रक्रियालाई स्थगित गर्दै अनुसन्धान गर्न आयोगलाई निर्देशन दिएको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद