Media Network

टेरामक्स र एमडीएमएसमा काण्डमा प्राधिकरण जोडिएपछि दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा


खबरस्टोरी संवाददाता

२४ पुष २०८०,मंगलवार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।खनालले मंगलबार विहान सञ्चार मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको दूरसञ्चार प्राधिकरण स्रोतर्ले  जानकारी दिएको छ ।
पछिल्लो समय दूरसञ्चार क्षेत्रमा नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) र इन्टरनेटले राजस्व छलि गरेको विषयमा प्राधिकरण जोडिएपछि खनालले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निवासमै बेलाएर राजीनामाका लागि दबाब दिएपछि खनालले बाटो खुला गरेको स्रोतको दाबी छ ।
खनाललाई २०७६ साउन ६ गतेको मन्त्रिपरिषद बैठकले ५ वर्षका लागि नियुक्त गरेको थियो । उनको पदावधि आगामी साउनसम्म भए पनि खनालले करिब ६ महिना अगाडि नै राजीनामा दिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद