Media Network

दक्षिण कोरियाका नवनियुक्त राजदूत र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौं । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन् ।सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो । 

भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उनले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको बताए ।

‘भेटमा दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा हामीले छलफल ग¥यौँ । यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पु¥याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ । कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्ने कुरामा पनि छलफल भयो । यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ,’ अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद