काठमाडौ । दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा विजय पौडेल आउने भएका छन् । यस्तै कान्तिपुर टिभीको सम्पादकमा रुपेश श्रेष्ठले जिम्मेवारी पाएका छन् । लोकप्रिय कार्यक्रम टफ टकका प्रस्तोतासमेत रहेका पाठक २०७८ भदौ १ गतेदेखि कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक थिए ।
कान्तिपुर टेलिभिजनमा करिब एक दशक काम गरेका पौडेलले लोकप्रिय कार्यक्रम सरोकार सञ्चालन गर्दथे ।