Media Network

८ दिनभित्र सम्पूर्ण नतिजा सार्वजनिक गर्ने आयोगको तयारी


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिनिधि र प्रदेससभातर्फको प्रत्यक्षतर्फ सम्पूर्ण परिणाम तीन दिनभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको आयोगले जनाएको छ।

प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको आयोगले बताएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रत्यक्षतर्फको तीन दिन र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको बताएका छन्।

‘सबै मतपेटिका संकलन भएलगत्तै मतगणना सुरू हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं,’ थपलियाले आयोमेलसँग भने,‘मतदान सकिएको ८ दिनभित्र प्रत्यक्ष र समानुपातिक दुवैको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौ।’उनले बढीमा मंसिर २२ गतेभित्र चुनावको सबै नतिजाको प्रतिवेदन तयार पार्ने तयारी रहेको बताए।

‘नतिजा निस्किएपछि राजनीतिक दलहरूले समानुपातिकतर्फको प्रतिनिधि छान्नुप¥यो, अनि आयोगले प्रमाणपत्र दिनुप¥यो,’ उनले भने,‘कानुनबमोजिम दलहरूले हप्ता दिन समय पाउँछन्, २२ गतेभित्र सबैथोक सक्ने लक्ष्य राखेका छौं।’मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन देशभर एकै चरणमा हुँदैछ।

यो चुनावका लागि १ करोड ७९ लाख ८० हजार ५७० मतदाता कायम छन्। मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद