Media Network

दाङको टरिगाउँ एयरपोर्टमा आजदेखि सीता एयरले उडान भर्ने


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

दाङ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् । त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज शुक्रबार परीक्षण उडान गर्ने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको छ ।तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारका लागि पहलकदमी अगाडि बढाएको छ । सोहीअनुसार निजी विमान तुलसीपुरमा आउन लागेको हो ।

हाल नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा चार दिन तुलसीपुरमा उडान भर्ने गरेको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ । हाल टरिगाउँबाटै इन्धन डीपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ । तर भाडा भने घट्न सकेको छैन ।

हाल दाङबाट काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय १० र काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद