Media Network

दार्चुला दुहु –५ का वडाध्यक्ष भट्टको निधन


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौँ । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । आइतबार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा आज उनको बाटोमै निधन भएको हो ।  

४८ वर्षीय भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि उनलाई आज थप उपचारका लागि धनगढी पठाएको जिल्ला अस्पतालका सूचना अधिकारी राजेश भट्टले बताए । लगातार टाउको दुख्न थालेपछि भट्ट आफै अस्पताल गएका थिए।

भट्टको शव जिल्ला अस्पतालमा राखिएको छ । उनको आजै शव परीक्षणपछि दाहसंस्कार गरिने बताइएको छ । 

भट्ट २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद