Media Network

दसैंमा दार्चुलाका च्याङ्ग्रा काठमाडौ आइपुग्ने


खबरस्टोरी संवाददाता

८ आश्विन २०७९,शनिबार

काठमाडौं । यस वर्षको बडादसैंमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब ५ सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए। कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो १ हजार १ सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद