Media Network

देशभर बढ्यो चिसोे, काठमाडौंको तापक्रम ८.५ डिग्री


खबरस्टोरी संवाददाता

२७ कार्तिक २०७९,आईतवार

काठमाडौं । काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ ।

शनिबार काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार आजको काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्रीमा रहेको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हुस्सु लागेको छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ। तापक्रम क्रमिकरुपमा घट्दै गएकाले चिसो बढ्दै गएको विभागले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद