Media Network

धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा प्रेसराइजेसनको समस्या आएपछि काठमाडौं फर्कियो


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौं । काठमाडौंबाट  आइतबार धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेननाथ सिटौलाले बिहान ७ः५० मा उडेको श्रीको जहाज ८ः२० मा पुनः त्रिभुवन विमानस्थलमा फर्काएर ल्याण्ड गरिएको बताए ।

उनले जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको  बताएका छन् ।

जहाजमै केही समस्या हो वा कुनै त्रुटिले भएको हो भन्ने विषयमा अध्ययन हुने उनले बताए । जहाजमा ७९ जना यात्रु थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद