Media Network

धनुषा ४ मा एमालेका रघुबीर महासेठ विजयी


खबरस्टोरी संवाददाता

१३ मंसिर २०७९,मंगलवार

काठमाडौं । प्रतिनिधिसभामा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट रघुवीर महासेठ विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेका हुन् ।

महासेठले ३२ हजार २ सय ३६ मत पाउँदा यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् । महासेठ २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । महासेठ विजयी भएसंगै एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा क्षेत्रमा जित हासिल गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद