Media Network

उपेन्द्र यादव बारा क्षेत्र -२ बाट लड्ने


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।जसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो।

जसपाको बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सो क्षेत्रबाट सिफारिसमा परेका छन्।

२०७४ को चुनावमा सो क्षेत्रबाट रामसहायप्रसाद यादव विजयी भएका थिए।

उपेन्द्र यादव यसअघि सप्तरी २ बाट निर्वाचित भएका थिए। यादवको क्षेत्रबाट आउँदो चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने घोषणा गरेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद