Media Network

उद्धार र राहतमा लाग्न अभिभावक संघको निर्देशन


खबरस्टोरी संवाददाता

२० कार्तिक २०८०,सोमबार

काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले जाजरकोट भूकम्पका पीडितहरुको रातह तथा उद्धारमा लाग्न आह्वान गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसीले प्रेस विज्ञप्ति जारी गर्दै पीडितहरुको राहत र उद्धारमा लाग्न आम अभिभावकहरुलाई आह्वान गरेका हुन् ।

उनले संघका कर्णाली क्षेत्रमा रहेकाहरु सदस्यलाई मन वचन र कर्मका साथ सेवामा खटिन निर्देशन दिएका हुन् । साथै उनले भूकम्पमा परि मृत्यु भएकाहरुमा श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै मृतक परिवारमा समवेदन पनि ब्यक्त गरेका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद