Media Network

वडाअध्यक्षको निधनमा मुसिकोट नगरमा आज शोक बिदा


खबरस्टोरी संवाददाता

३ भाद्र २०८०,आईतवार

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडा–१ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा पालिकाभित्र आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।

शनिबार बिहान करिब ५ बजे फेसबुक स्टाटसमा अलबिदा लेखेका घिमिरे केही घण्टापछि रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका सभापतिसमेत थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद