Media Network

विमानस्थलबाट बरामद सुनको तौल १५५ केजी पुग्यो


खबरस्टोरी संवाददाता

४ श्रावण २०८०,बिहीबार

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बुधबार बिहान बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ। उक्त बट्टा ब्रेक शु सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो।बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद